माओवादी छोडेका सचिव शाहले भने- नेतृत्वले एकताको सन्देश दिन सकेन, मैले छोड्ने घोषणा गरे

7.3k Shares

काठमाडौं– नेकपा माओवादी केन्द्रका सचिव गणेश शाहले माओवादी केन्द्र परित्याग गरेका छन् । उनले आज माओवादी परित्याग गरेको घोषणा गरेका हुन् । 

नेतृत्वले एकता र जनता सापेक्ष निर्णय नगरेको भन्दै उनले माओवादी छोडेको बताए । शाहले अब कुनै राजनीतिक दलमा नलाग्ने समेत उद्घोष गरेका छन्। 

‘राज्यलाई आवश्यक परे आफ्नो विज्ञता र क्षमता अनुसार सहयोग गर्न सक्छु मैले माओवादी सपार्न सकिन मैले छोडेको घोषणा गरेँ ।’ शाहले भनेका छन्, ‘कुनै पार्टीमा जाने योजना बनाएको छैन । माओवादीले पार्टी एकता गरेर अगाडि बढ्छ भनेको त्यो कहिले हुन सकेन ।’

सम्बन्धित समाचार