बार्सिलोना उत्रिए भिटर रोक

14.9k Shares

काठमाडौं– ब्राजिलियन युवा फुटबलर भिटर रोक बार्सिलोना उत्रिएका छन्। ब्राजिलियन क्लब एथ्लेटिको पारानान्सेबाट क्याटलान क्लब बार्सिलोनामा अनुबन्धन भएका रोक बुधबार बार्सिलोना उत्रिए।

रोक गत समर सिजनमै बार्सिलोनामा अनुबन्धित भए पनि जनवरीबाट मात्रै बार्सिलोना आउने सम्झौता भएको थियो। सोही अनुसार उनी बुधबार बार्सिलोना उत्रिए। १८ वर्षीय युवा फरवार्डसँग बार्सिलोनाले सन् २०३१ सम्मको सम्झौता गरेको छ। 

बार्सिलोना उत्रिएपछि रोकले मिडियासँग कुराकानी गर्दै बार्सिलोनाबाट खेल्ने आफ्नो सपना पूरा भएको बताएका थिए।

सम्बन्धित समाचार