क्यान्सरको उपचार पद्धति ‘कार–टी सेल’ थेरापीको नेपालमा पहिलोपटक सफल परीक्षण

20.4k Shares

काठमाडौं । क्यान्सरको उपचारमा प्रयोग हुने प्रभावकारी उपचार पद्धति ‘कार–टी सेल’ थेरापी नेपालमा पनि भित्र्याइने भएको छ । सेन्टर फर रिजेनरेटिभ मेडिसिन (सीआरएम) नेपालले कार–टी सेलको नेपालमै पहिलोपटक सफल परीक्षण गरेको छ ।

यो विकसित मुलुकहरूमा प्रयोग भइरहेको नवीनतम उपचार विधि हो । अमेरिकाको नेसनल क्यान्सर इन्स्टिच्युट र पेन्सिलभेनिया विश्वविद्यालयमा गरिएको कार–टी सेल थेरापीको अध्ययनमा ९० प्रतिशतभन्दा बढी ‘बी–सेल’ क्यान्सर बिरामी पूर्ण रूपमा निको भएको पाइएको छ ।

कलेजोसहित पाँच प्रकारका रक्त क्यान्सरमा यो विधि प्रयोग हुने एस्ट्राजेनेका फार्मास्युटिकल्सका अंकोलोजी विभाग प्रमुख एवं सीआरएम नेपालका सल्लाहकार डा. सञ्जीवन गौतमले जानकारी दिए । कार–टी सेल उपचार पद्धतिको प्रयोग एएलएल र एनएचएल क्यान्सर बिरामीका निम्ति प्रभावकारी हुने उनको भनाइ छ ।

सम्बन्धित समाचार