कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथ कार्तिक १२ गते हुने

1.6k Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको शपथ कार्तिक १२ गते हुने भएको छ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार शपथग्रहण कार्यक्रम कार्तिक १२ गते दिउँसो २ बजे ललितपुरस्थित केन्द्रीय कार्यालयमा आयोजना हुनेछ।
समारोहमा नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन आग्रह गरिएको छ। उनीहरूलाई निर्वाचित भएको प्रमाण पत्र र शपथग्रहण गराइनेछ।

सम्बन्धित समाचार