बालुवाटारमा समाजवादी मोर्चाको बैठकमा चारै दलका शीर्ष नेता सहभागी

19.5k Shares

काठमाडौँ । समाजवादी मोर्चाका नेताहरू छलफलमा जुटेका छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताबिच छलफल जारी छ । 

छलफलमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव लगायतका नेताहरू सहभागी छन् ।

सरकारको एक वर्ष पुगेका अवसरमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गरेको दोस्रो दिन मोर्चाको बैठक बसेको छ । बैठकमा नेकपा नेताविरुद्ध भएको पक्राउ पुर्जी जारी, सरकारको एक वर्षे समीक्षा लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

सम्बन्धित समाचार