वैदेशिक रोजगारीमा जाने श्रमिकको अभिमुखीकरण शुल्क ७०० भन्दा धेरै नलिन विभागको चेतावनी

1.1k Shares

काठमाण्डाै – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकको अभिमुखीकरण तालिमका लागि तोकिएकोभन्दा धेरै शुल्क नलिन सेवा प्रदायक संस्थालाई सचेत गराएको छ ।

विभागले आज सूचना निकालेर तोकिएकोभन्दा धेरै शुल्क लिने तालिम प्रदायक संस्थाहरूको इजाजत पत्र स्वतः रद्द गर्ने चेतावनी पनि दिएको छ । अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ मा प्रतिप्रशिक्षार्थी शुल्क ७०० रुपैयाँ मात्र तोकिएको विभागले स्मरण गराएको छ ।

केही संस्थाहरूले तोकिएकोभन्दा धेरै शुल्क लिइरहेको गुनासो आएको भन्दै कार्यविधि विपरीत बढी शुल्क लिएको कहीँ कतैबाट जानकारी पाएमा वा गुनासो भएमा विभागमा उजुरी गर्न पनि आग्रह गरेको छ ।

सम्बन्धित समाचार