सिटिजन्स बैंकद्वारा ब्रेल शैक्षिक सामग्री सहयोग

15k Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चितवनको रत्ननगर-५ स्थित श्री झुवानी माध्यामिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन बालबालिकाहरूलाई ब्रेल शैक्षिक सामग्री  प्रदान गरेको छ ।

अपाङ्‌गता भएका बालबालिका र युवाका लागि काम गर्दै आएकोे मैत्री समाज नेपालसँगको सहकार्यमा सहयोग प्रदान गरिएको बैंकले जानकारी दिएको हो ।

विद्यालयमा आयोजित एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० गणेशराज पोखरेलले सहयोगस्वरुप एक लाख रुपैयाँ बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन्‌ ।

पोखरेलले दृष्टिविहीन तथा अन्य अपाङ्‌गता भएका बालबालिकाहरूसँग पर्याप्त शैक्षिक सामग्री नहुने र आवश्यक शैक्षिक सुविधाहरूबाट बञ्चित हुने भएकाले ब्रेल पेपर र अन्य ब्रेल शैक्षिक सामग्री प्रदान गर्न पाउँदा खुशी लागेको बताए ।

देशभर सिटिजन्स बैंकका १९० शाखा, १५१ वटा एटीएम, ३ विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाइ छन्‌ ।

सम्बन्धित समाचार