आज सोमबारको मौसम कस्तो हुनेछ?

18k Shares

काठमाडौं । काठमाडौंमा आज दिनभर मौसममा बदली हुनेछ । घाम लाग्ने र बदली हुने क्रम दिनभर चल्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

“आज काठमाडौंमा आंशिक बदली रहनेछ । घाम लाग्ने र बदली हुने क्रम दिनभर चल्नेछ,” मौसमविद् गोविन्द झाले भने, “तर आज पानी भने पर्ने छैन ।” 

काठमाडौंमा आज बिहान ५ : ४५ बजेको तापक्रम ७.८ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो १७ देखि १९ डिग्री सेल्सियससम्म रहने मौसमविद् झाले भने । 

काठमाडौंसँगै कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ । कर्णाली र सदूरपश्चिम प्रदेशमा भने मौसम सफा रहनेछ । 

“एकदुई दिन अबको मौसम आजको जस्तै रहनेछ,” मौसमविद् झाले भने, “पश्चिमी वायुको आंशिक मात्रै प्रभाव रहेकाले वर्षा र हिमपातको सम्भावना छैन ।” 

सम्बन्धित समाचार