प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

18k Shares

काठमाडौं, १२ असार । प्रतिनिधिसभाा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । मंगलबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयविरुद्ध एमाले र रास्वपाका सांसदहरुले विरोध जनाए । 


उनीहरुले उठेर विरोध जनाउँदै उक्त निर्णय फिर्ता लिनुपर्ने र यसबारे सरकारबाट जवाफ नआउँदासम्म सदन चल्न नसक्ने अडान लिए । सभामुख देवराज घिमिरेले पटक पटक सदन चल्न दिन अनुरोध गरे । तर, उनीहरुले नमानेपछि सभामुख घिमिरेले मंगलबार नै बस्नेगरी १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।  
 

सम्बन्धित समाचार