काठमाडौं, बैशाख २६ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षको स्थायी कमिटीको बैठक बस्न लागेको छ । राजीनामाको विषयलाई लिएर बैठक डाकिएको स्रोतले जनाएको छ । दिउँसो चार बजे बस्ने तय भएको बैठकले सामूहिक या छुट्टाछुट्टै राजीनामा दिने भन्नेबारे टुंगो लगाउने छ ।
नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई निरन्तरता दिनुभन्दा राजीनामा दिनु उपयुक्त हुने भन्दै शनिबार सामुहिक राजीनामा दिने निष्कर्ष निकालेको थियो ।
नेपाल-खनाल समूहका प्रत्यक्ष निर्वाचित सांसदहरु
१. झलनाथ खनाल, इलाम १
२. माधवकुमार नेपाल, काठमाडौं २
३. योगेश भट्टराई, ताप्लेजुङ
४. जयकुमार राई,सुनसरी १
५. भवानी खापुङ,तेह्रथुम
६. यज्ञराज सुनुवार, ओखलढुंगा
७. गणेश पहाडी, सिन्धुली १
८. पवित्रा निरौला खरेल, झापा २
९. जीवनराम श्रेष्ठ,काठमाडौं ८
१०.नारायण खतिवडा, नुवाकोट १
११. विरोध खतिवडा,मकवानपुर २
१२. सुरेन्द्र पाण्डे,चितवन १
१३. घनश्याम भुसाल,रुपन्देही ३
१४. गोकर्ण विष्ट,गुल्मी १
१५. मेटमणी चौधरी,दाङ १
१६. हिराचन्द्र केसी, दाङ ३
१७.दिपकप्रकाश भट्ट,कञ्चनपुर ३
१८. राजवहादुर बुढा,दैलेख २
१९. झपट रावल, कैलाली २
२०. भीम रावल, अछाम १
२१. कृष्णलाल महर्जन, ललितपुर २
२२. सोमप्रसाद पाण्डे, पाल्पा खनाल
नेपाल-खनाल समूहका समानुपातिक सांसदहरु
१.रामकुमारी झाँक्री, गुल्मी
२. बिनादेवी बुढाथोकी मगर, कञ्चनपुर
३. मुकुन्द न्यौपाने, काठमाडौं
४. कल्याणीकुमारी खड्का, रौतहट
५. लक्ष्मीकुमारी चौधरी, कैलाली
६. गंगा चौधरी सत्गौवा, दाङ
७. निरादेवी जैरु, डडेलधुरा
८. समिना हुसेन, रौतहट
९. पुष्पाकुमारी कर्ण यादव, पर्सा
१०. सरलाकुमारी यादव, रौतहट
११. कालिला खान, तनहुँ