मास्क अनिवार्य, नलगाए कारबाही

18.5k Shares

काठमाडौं, पुस २६ । कोरोना संक्रमण बढ्दै जाँदा जिल्ला प्रशासन कार्यालय भक्तपुरले मास्क अनिवार्य गरेको छ ।

संक्रमणदर रोक्न आजदेखि कडाइका साथ मास्क अनिवार्य गरिएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् ।

प्रजिअ शर्माले मास्क अनिवार्य गरिएको र मास्क नलगाएको पाइए कारवाही गरिने जानकारी दिइन् ।

‘‘संक्रमणदर बढ्दै जाने उच्च जोखिम छ । कोरोना खोप प्रभावकारी रुपमा अगाडि बढाउँन र मास्कको अधिकतम प्रयोग गराउन सक्रिय छौँ,” उनले भनिन् ।

सम्बन्धित समाचार