माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णय खारेज गर्न माग गर्दै प्रदर्शन

19.2k Shares

काठमाडौँ – माइतीघरलगायतको क्षेत्रलाई निषेधित क्षेत्र घोषित गर्ने निर्णय खारेज गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन भएको छ।‘बृहत् नागरिक आन्दोलन’को अगुवाइमा शुक्रबार शान्तिबाटिकामा प्रदर्शन भएको हो। प्रदर्शनमा सहभागीहरुले माइतीघरलगायतका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेर सरकारले नागरिकको आवाज दबाउन खोजेको बताएका छन्।

प्रदर्शनकारीहरु भद्रकालीबाट अगाडि बढ्न खोज्दा प्रहरीले रोकेको छ। केहीलाई नियन्त्रणमा समेत लिइएको छ।Screenshot 2023-12-15 170746.pngScreenshot 2023-12-15 170814.pngScreenshot 2023-12-15 170835.pngScreenshot 2023-12-15 170859.pngजिल्ला प्रशासन कार्यालय काठमाडौँले मंसिर ४ गतेदेखि लागू हुने गरी ३० दिनका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको थियो।

सम्बन्धित समाचार