राज्य व्यवस्था समितिले एनसेल शेयर खरिद बिक्री प्रकरणमा प्रधानमन्त्रीसँग जानकारी लिने

18k Shares

काठमाडाैँ- राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाएर एनसेलको शेयर खरिद बिक्री प्रकरणको सम्बन्धमा जानकारी लिने भएको छ।शुक्रवार बसेको समितिको बैठकले प्रधानमन्त्री दाहाललाई आगामी सोमवार(२५ गते) बैठकमा बोलाएर एनसेलको शेयर खरिद बिक्रीको सम्बन्धमा यथार्थ जानकारी लिने निर्णय गरेको हो ।

त्यसैगरी सोही दिन प्रधानमन्त्रीसँग संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकको सम्बन्धमा पनि छलफल गर्ने निर्णय गरेको समिति सभापति रामहरी खतिवडाले बताए ।समितिले प्रधान सेनापतिलाई आगामी बुधवार(२७ गते) काठमाडौं–तराई÷मधेस द्रुत मार्गको कार्य प्रगतिको सम्बन्धमा जानकारी लिने निर्णय गरेको पनि उनले जानकारी दिए।

सभापति खतिवडाले आगामी दिनमा समितिको बैठक नियमित रुपमा बसेर विधेयकहरु माथि छलफल गर्नुपर्ने भन्दै समिति सदस्यहरुलाई नियमित रुपमा बैठकमा उपस्थित हुन आग्रह गरे।

 

सम्बन्धित समाचार