प्रधानमन्त्रीमा देउवाले पाए विश्वासको मत

16.8k Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन् । उनले आइतबार बेलुका संसद्बवाट विश्वासको मत प्राप्त गरेका हुन् ।
उनलाई कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका माधव कुमार नेपाल समूहका केही सांसद, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका सांसदको मत प्राप्त भएको थियो ।
उनको पक्षमा १६५ मत परेको थियो भने विपक्षमा ८३ मत । मत दिन्न भन्ने पक्षमा १ मत परेको थियो । आज संसद्मा उपस्थित सांसदको संख्या २४९ थियो ।

सम्बन्धित समाचार