मिसन ८४ ले देश बन्दैन, नेताहरूलाई सक्काएर बन्छ - बालेनको आक्रोश

15.9k Shares

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मिसन ८४ ले देश नबन्ने टिप्पणी गरेका छन्। बुधबार राति सामाजिक सञ्जालमार्फत उनले नेताहरूलाई सक्काएर मात्र देश बन्ने भन्दै आक्रोश पाखेका हुन्।

राजनीतिक दलहरुले आगामी २०८४ सालमा हुन गइरहेको आमनिर्वाचनलाई लक्षित गर्दै ‘मिसन ८४’ अभियान चलाइरहेकाप्रति बालेनले व्यंग्य गरेका छन्।

उनले लेखेका छन्, ‘देश बन्छ, तिमीहरूको ८४ ले बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ । तिमीहरूलाई सक्काएर बन्छ।’ मेयर बालेनले नेताहरुको कार्यशैलीलाई लिएर पटक–पटक कडा आलोचना र टिप्पणी गर्दै आएका छन्।

सम्बन्धित समाचार