आगलागीमा जलेर चार जनाको मृत्यु

19.5k Shares

काठमाडौँ । बर्दिया, गुलरिया नगरपालिका-४ तुलापुरमा आगलागीमा जलेर चार जनाको शुक्रबार राति मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीया राधा बुढा, राधाकी छोरी ९ वर्षीया मानसी बुढा, सोही ठाउँ बस्ने भरत चन्दका छोरा ७ वर्षीय कृष चन्द र करिब २ वर्षीय कात्तिक चन्द रहेका छन् ।  

भरत चन्दको घरमा आगो ताप्ने क्रममा आगलागी हुँदा उनीहरूको जलेर घटनास्थलमै मृत्यु भएको हो । आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । साथै आगलागीमा घाइते भएकी १ जनाको बर्दिया अस्पताल गुलरियामा उपचार भइरहेको छ । 

सम्बन्धित समाचार