बारामा रातभर दुई पक्षबीच झडप, प्रहरीद्वारा हवाई फायर

14.8k Shares

काठमाडौं– बाराको पचरौता नगरपालिका–७ बनौलीमा सोमबार रातभर जसो दुई पक्षबीच झडप भएको छ। बनौलीमा झण्डा मेला लगाउने विषयमा स्थानीयबीच झडप भएको थियो। झडपलाई नियन्त्रणमा लिन प्रहरीले ८ राउन्ड हवाई फायर गरेको छ।

सोमबार साँझदेखि नै झण्ड मेला लगाउने विषयलाई लिएर विवाद सुरु भएको थियो। विवादले उग्र रुप लिएर राति ११ बजे दुई पक्षबीच ढुङ्गा हानाहान भएको थियो। 

दुई पक्षको झडपलाई नियन्त्रणमा लिन प्रहरीले सोमबार राति ११ बजेतिर सुरुमा २ राउन्ड हवाई फायर गरेको थियो। प्रहरीले हवाई फायर गरेपछि झडप केही साम्य भएको थियो।

पछि फेरि ११:४५ बजेतिर स्थानीयबीच झडप भएको थियो। फेरि झडप भएपछि प्रहरीले ५ राउन्ड हवाई फायर गरेको थियो। राति ११:५५ बजे पुन: झडप भएपछि प्रहरीले फेरि १ राउन्ड हवाई फायर गरेको थियो। 

सम्बन्धित समाचार