५ हजार ७ सय २८ जनामा कोरोना संक्रमण पुष्टि

15.9k Shares

काठमाडौं, बैशाख १७ । गएको २४ घण्टामा नेपालमा पाँच हजार ७२८ कोरोना संक्रमति थपिएका छन् । १५ हजार ३९१ जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार ६७५ र ५२५ जनाको एन्टिजेन परीक्षण गर्दा ७० जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणका कारण आज थप ३३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।यो सहित अहिलेसम्म मृत्यु हुनेको संख्या तीन हजार २७९ पुगेको छ ।
यस्तै आज ९२८ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । नेपालमा हालसम्म तीन लाख २३ हजार १८७ जना संक्रमित भइसकेका छन् भने दुई लाख ८१ हजार ९५ जना संक्रमणमुक्त भएका छन् ।

सम्बन्धित समाचार