19.9k
Shares
काठमाडौँ । देशभर हालसम्म करिब एक हजार जना थालसेमियाका बिरामीको पहिचान भएको छ । सोमध्ये एक तिहाइ थारू जाती र दोस्रोमा मगर जातीमा थालसेमिया रोग फेला परेको पुष्टि भएको हो ।
थालसेमिया रोग वंशाणुगत रहेको भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभागका प्रमुख डा. राजन पाण्डेले बताए । यो रोग जिनमा हुने खराबीले आमा–बुबाबाट छोराछोरीमा सर्ने उनले उल्लेख गरे । थालसेमिया भएको व्यक्तिको शरीर दुख्ने, पटक–पटक जन्डिस हुने, रगत कम हुने जस्ता मुख्य लक्षण देखिएको उनले बताए ।