कोभिडका कारण एकैदिन ३५ जनाकाे मृत्यु

15.3k Shares

काठमाडौं । पछिल्लो चोबीस घण्टामा कोभिड १९ संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ । यो संख्या कोभिड संक्रमण अवधिकै उच्च हो ।
यसअघि ०७७ कात्तिक १९ गते सबैभन्दा धेरै ३० जनाको मृत्यु भएको थियो । वैशाख महिनामा गत १२ गते २८ जनाको मृत्यु भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा योसँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ३ हजार २४६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ९२८ कोभिड १९ संक्रमित थपिएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ३४ हजार ११७ पुगेको छ भने हालसम्म कोभिड १९ संक्रमितको कूल संख्या ३ लाख १७ हजार ५३० पुगेको छ ।
२४ घण्टामा १३ हजार ५६० वटा नमूना परीक्षण गरिएकोमा ४ हजार ९२८ जनाको रिपोर्ट पोजेटिभ आएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ८८८ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ८० हजार १६७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा ९ वर्षसम्मका बालबालिका ८९ जना र १० देखि १९ वर्षका २९५ जना छन् ।
पछिल्लो चौबीस घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै २० देखि २९ वर्षका नागरिक १ हजार २६७ छन् । त्यस्तै ३० देखि ३९ सम्मका १ हजार २६० जना, ४० देखि ४९ वर्षका ८७४ जना, ५० देखि ५९ का ५५२ जना, ६० देखि ६९ का २९० जना, ७० देखि ७९ का १२६ जना, ८० देखि ८९ का ४० जना, ९० देखि १०० वर्ष उमेरका ३ जना र उमेर नखुलेका ४५ जना  छन् ।

सम्बन्धित समाचार