आइपिओको कालो धन्दामा को को ?

17.9k Shares

सर्वसाधारणलाई डुबाएर केही नाम चलेका व्यापारीहरु अरबौं कमाउने धन्दामा लागिरहेका छन् । उनीहरुले न त रोजगारीको खासै अवसर सृजना गरिरहेका छन् न त राज्यलाई अनुमान गरेजस्तो कर तिरिरहेका छन् । तर, उनीहरुको सम्पत्ति झन् झन् बढिरहेको छ । राज्यको जिम्मेवार निकायमा रहेकाहरु कमिशनको खेलमा केही अर्बपतिलाई पोस्न र आफूपनि पोसिन सक्रिय छन् । देशमा नयाँ धन्दा फष्टाएको छ अहिले, त्यो हो आइपिओ । कम्पनीहरु धमाधम डुब्न थालेपछि योजनावद्ध रुपमा कानून परिवर्तन गरी आइपिओ सजिलै खोल्न सकिने व्यवस्था गरिएको छ । विगतमा लगातार तीन वर्ष मुनाफा देखिएपछि मात्र आइपिओ खोल्न पाउने नियम बनाइएकोमा कानून परिवर्तन गरी एक वर्षको मुनाफा देखाए पुग्ने बनाइयो ।

जो कसैले आइपिओ खोल्न सक्ने गरी सरकारको माथिल्लो तहबाटै कमिशन कुम्ल्याउने खेल चल्यो । यही छिद्र देखेर देशमा आइपिओ खोल्ने धन्दा फष्टाएको छ । नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्टारको कार्यालय र नेपाल बीमा प्राधिकरणका अधिकारी देखि अर्थ मन्त्रालयका अधिकारी समेतले सेटिङमा आइपिओ स्वीकृती दिइरहेका छन् । आइपिओ निष्काशनको चलखेलमा सरकारको उच्च तहमा बस्नेले ठूलो भ्रष्टाचार गरिरहेको खबर नेपाल पेनलाई प्राप्त भएको छ ।

घाटामा गएर डुबेका कम्पनीहरुले समेत आइपीओ खोल्न एक वर्षको मुनाफा देखाएर निवेदन दिएका छन् । आइपिओको स्वीकृतीका लागि उनीहरुले ठूलै कमिशनको खेल खेलिरहेका छन् । सार्वजनिक पोखरी माँसेर बनाइएको छायाँ सेन्टर समेत आइपीओ खोल्न तम्सिएको छ यतिबेला । घाटामा गएका कम्पनीहरु धमाधम नाफा देखाएर जनताको रकम डुबाउने गरी आइपीओ निष्काशन प्रक्रियामा छन् । आइपीओको धन्दा चलेपछि सार्वजनिक लेखा समितिले नेपाल धितोपत्र बोर्ड, नेपाल बिमा प्राधिकरण र कम्पनी रजिष्ट्रारको कार्यालयलाई स्पष्टिकरण सोधेको छ ।

हिमालय री इन्सुरेन्समा आइपीओको ठूलै खेल चलिरहेको छ । आइपीओ ल्याउन लागेको हिमालयन रि मा अम्बर प्रोभेष्टमेन्ट प्रालि, जगदम्बा मोटर्स, विकास दुगड, जगदम्बा स्टिल्स, हंसराज हुलासचन्द्र एण्ड कम्पनी, सशीकान्त अग्रवाल, सन्दीप अग्रवाल, राहुल अग्रवाललगायत ठूला व्यवसायीको शेयर रहेको छ । नेपालका नाम चलेका कतिपय व्यवसायीहरुको हिमालय री इन्सुरेन्समा लगानी देखिएको छ । कतिपयले यसको स्थापनाका लागि योगदान पु¥याएवापत् पनि शेयर पाएका छन् ।

नेपालमा बीआरआई बदनाम

चीनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई बीआरआई अन्तर्गत भन्दै आयो । यतिसम्मकी २०२३ को जनवरी १ मा प्रधानमन्त्री प्रचण्डले विमानस्थलको उद्घाटन गर्दा चिनियाँ राजदूत चेन सोङले बीआरआई अन्तर्गत बनेको भने । चीनले नेपालमा ठूलै सफलता हासिल गरेको र नेपाललाई पनि ठूलै उपलब्धि गराएको जसरी आफूलाई प्रस्तुत गरेको थियो । तर, यतिबेला उक्त परियोजना बदनाम भएको छ । कारण हो पोखरा विमानस्थल निर्माणमा भएको ठूलो भ्रष्टाचार । अख्तियारले अहिले छानबिन गरिरहेको यो विमानस्थल निर्माणमा ठूलै नेताहरुको संलग्नता रहेको खुल्दै गएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा आर्थिक चलखेल ठूलै भेटिएको छ । चिनियाँ लगानी ल्याउँदा नै केही कम्युनिस्ट नेताहरुले चलखेल गरेका थिए । माधवकुमार नेपाल र झलनाथ खनाल निकटस्थलहरुले ठूलै भूमिका खेले । झलनाथ खनालका छोरा त ठेक्कापट्टामा मुछिएका थिए । यसकारण उनीहरुको यो प्रकरणमा स्वार्थ जोडिएको भेटिएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जस चीनले लिदै आएको छ । यसले यो परियोजना बेल्ट एण्ड रोड इनिशिएटिभ बीआरआई अन्तर्गत दाबी गरेको छ । चीनको एक्जिम बैंकको ऋणमा बनेको हो पोखरा विमानस्थल । सुरुमा १२ अर्ब लागतमा निर्माण पूरा गर्ने भनिएकोमा २४ अर्ब पुर्याइयो । लागत बढाएर भ्रष्टाचार गरेको आशंकामा अख्तियारले छानबिन बढाएको छ । अख्तियारले पोखरा विमानस्थल निर्माणसँग सम्बन्धित कर्मचारी र ठेकेदारहरुको समेत फाइल खोलेको छ । कतिपयको बैंक खाता रोक्का गरिसकेको छ ।

चीनको ऋण र चीनकै सीएएमसी इन्जिनियरिङ कम्पनीले निर्माणको जिम्मा पाउनु सेटिङ नै थियो । नेपाली ठेकेदार कम्पनी क्षमादेवी कन्स्ट्रसनलाई संयुक्त ठेक्कामा संलग्न गराइएको थियो यसमा । निर्माणमा ठूलो भ्रष्टाचार भएको निष्कर्षका साथ अख्तियारले अनुसन्धान बढाइसकेको छ । २३ जेठ २०७३ मा सरकार र नागरिक उड्डयन प्राधिकरणबीच निर्माण सम्झौता भएको थियो । चीनको एक्जिम बै)कबाट २ प्रतिशत ब्याजदरमा २२ अर्ब ऋण प्राप्त भएको थियो । २ अर्ब अनुदान उल्लेख छ । सम्झौता अनुसार सात वर्षसम्म २ प्रतिशतका दरले ब्याज मात्र तिर्ने उल्लेख छ । यसको अर्थ वार्षिक ४४ करोड ब्याज तिर्नुपर्ने हुन्छ । सात वर्षपछि २६ किस्तामा साँवा समेत चुक्ता गर्नुपर्ने हुन्छ । तर, विमानस्थल अन्तर्राष्ट्रिय उडानमा प्रयोगमा नआउनुले ब्याज समेत तिर्न नसक्ने अवस्था बनेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा केही दलका नेताहरुको ठूलै राजनीतिक र आर्थिक स्वार्थ जोडिएको छ । नेकपा एसका नेता झलनाथ खनालका छोरा यो निर्माणमा संलग्न कम्पनीसँग जोडिएका छन् । वामदेव गौतमका छोरा पनि जोडिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका पोखरा विमानस्थल निर्माणमा भूमिका खेल्ने व्यक्ति हुन् । उनी पोखरा विमानस्थल निर्माण हुँदा आयोजना प्रमुख थिए । उनी पछि प्राधिकरणका महानिर्देशक भए । अधिकारी माथि पनि छानबिन बढेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उही समयमा निर्माण भएको भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणभन्दा निकै बढी लागतमा बनेको छ । ७ करोड ६० लाख डलर लागतको यो विमानस्थल निर्माणमा एशियाली विकास बैंक र ओपेक फन्डको ऋण सहयोग छ । बाँकी नेपाल सरकारले लगानी गरेको छ । त्यतिबेलाको डलरको मूल्य अनुसार यो विमानस्थल निर्माणमा ११ अर्ब लागेको छ । जुन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण लागतभन्दा आधा भन्दा कम हो ।

अख्तियारले निर्माण सामाग्री देखि विविध विषयमा छानबिन थालेपछि राजनीतिक तहमै तरंग आएको छ । पोखरा विमानस्थल निर्माणमा आर्थिक स्वार्थले भूमिका खेलेको र यसमा ठूलै नेताहरु भित्री रुपमा संलग्न भएको खुल्दै गएको छ । विमानस्थल निर्माणमा ठूलो कमिशन आउने बुझेर केही नेताहरु निजगढको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको खेलमा लागेका छन् । उनीहरुको विकास गर्ने भन्दा अरबौं हात पार्ने योजना देखिएको छ ।

सम्बन्धित समाचार