14.1k
Shares
काठमाडौं । बलिउडका स्टार आमिर खानका छोरा जुनैद खान बलिउड डेब्यू गर्दै छन् । जुनैद वाईआरएफको फिल्म महाराजाबाट ठूलो पर्दामा प्रवेश गर्दै छन् ।
यो फिल्ममा उनको जोडीको रूपमा दक्षिण भारतीय अभिनेत्री साई पल्लवी रहने छिन् । जुनैद लामो समयदेखि थिएटरमा काम गरिरहेका थिए । बलिउड डेब्यू अघि जुनैद खान आगामी प्ले ‘स्ट्रिक्टली अनकन्भेन्शनल’मा देखिनेछन् । यो प्लेमा उनले ट्रान्सवुमनको भूमिका निर्वाह गर्दै छन् । यो प्लेको पहिलो शो नोभेम्बरमा १५ मा देखाइनेछ ।