जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ

18k Shares

बझाङ, १५ असोज ।  बझाङमा जबरजस्तीकरणी मुद्दामा फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ परेका छन्

मस्टा गाउँपालिका–१ कोटदेबलका ३८ वर्षीय डम्मर बोहरा पाँच वर्षपछि पक्राउ परेका हुन्। अदालतले २०७५ चैत ४ गते बोहरालाई जबरजस्ती करणी मुद्दामा तीन वर्ष कैद सजाय सुनाएको थियो।

तर उनी २०७५ चैत १२ गतेदेखि फरार थिए। प्रहरीले गत शुक्रबार मात्र उनलाई पक्राउ गरेर जिल्ला अदालत बझाङमा पेस गरेको हो।

सम्बन्धित समाचार