घोराही उपमहानगरपालिकाद्वारा १५ लाख सहयोग

18.1k Shares

घोराही (दाङ), २० कात्तिक ः घोराही उपमहानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि रु १५ लाख सहयोग गर्ने निर्णय गरेको छ । 

आइतबार बसेको नगर कार्यपालिका बैठकले जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी र प्रशासनिकतर्फका कर्मचारी गरी एक हजार तीन सय ६६ जनाको एक दिनको तलब कटाएर भूकम्प पीडितलाई प्रदान गर्न लागेको हो ।  

 पाँचलाख सहयोग 

यसैबीच नेकपा (एमाले) बागमती प्रदेशको संसदीय दलले भूकम्प पीडितका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको छ । शुक्रबार जाजरकोट केन्द्रविन्दु बनाई गएको भूकम्पका पीडितको सहयोगार्थ रु पाँच लाख ७० हजार उपलब्ध गराउने निर्णय गरेको संसदीय दलका नेता जगन्नाथ थपलियाले जानकारी दिनुभयो । 

एमाले संसदीय दलको तर्फबाट प्रदेशसभा सदस्य तथा पदाधिकारीका तर्फबाट उक्त रकम सरकारको राहतकोषको खातामा जम्मा गर्ने निर्णय भएको उहाँले बताउनुभयो । प्रदेशसभामा एमालेका २७ सदस्य छन् । 

सम्बन्धित समाचार