सबै दलबीच सहकार्य हुनुपर्नेमा नेता बज्राचार्यको जोड

14.1k Shares

काठमाडौँ, ४ कात्तिक : बागमती प्रदेशसभा सदस्य नुरज बज्राचार्यले मुलुकमा समृद्धि, राजनीतिक स्थायित्व कायम गर्न सबै दलबीच समन्वय र सहकार्य गर्नुपर्ने बताउनुभएको छ ।

कुमारी क्लबले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले मुलुकमा राष्ट्रिय समस्या समाधान गर्न राजनीतिक दलबीच सहकार्यको नयाँ संस्कृतिको विकास गर्न अपरिहार्य भएको बताउनुभयो । 

कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दलका नेताले विविधतामा एकता नेपालको विशेषता भएकाले सबै जाति समुदायका भाषा, साहित्य, कला र संस्कृति संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । 

यसरी मन्तव्य व्यक्त गर्नेमा नेकपा (एमाले) का केन्द्रीय सदस्य बिना श्रेष्ठ, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नानु बास्तोला, काङ्ग्रेस निर्वाचन क्षेत्र न ९ (क ) का सभापति मोहनकुमार बस्नेत, काठमाडौं महानगरपालिका १४ का वडाध्यक्ष सुमन श्रेष्ठ, समाजसेवी नेता विनोद डङ्गोललगायत हुनुहुन्थ्यो । 

सम्बन्धित समाचार