भक्तपुर, २९ असोज । भक्तपुर ट्रक व्यवसायी संघ (रुपान्तरित भक्तपुर ट्रक व्यवसायी प्रालि) लिवाली भक्तपुरको अध्यक्षमा पुनः लक्ष्मीप्रसाद गोरा निर्वाचित भएका छन्।
यसअघिको कार्यकालमा अध्यक्ष भएका गोरा पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित हुन सफल भएका हुन्। संघको सोमबार भक्तपुरमा भएको २२, २३ र २४ औ वार्षिक साधारणसभा तथा आठौ अधिवेशनले गोराको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो।
संघको उपाध्यक्षमा नातिभाइ ह्योम्वा, सचिवमा जितेन्द्र खायमली, सहसचिबमा चन्द्रकृष्ण ग्वाछा, कोषाध्यक्षमा आशराम बैद्य र सहकोषाध्यक्षमा कमलनारायण धुख्वा निर्वाचित भएका छन्।
यस्तै सदस्यहरुमा नरेश गोठे, सानुकाजी चिकंबञ्जार, कृष्णप्रसाद प्रजापति, रत्नप्रसाद प्रजापति र लक्ष्मीप्रसाद छुस्याबाग सर्वसम्मत भएका छन्। यसअघि अधिवेशनको उदघाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें रोहितले गरेका थिए।