18k
Shares
काठमाडौं, २७ असोज । बागलुङको गलकोट नगरपालिका-४ नुवाकोटको गोठमा आगलागी हुँदा राम बहादुर मल्ल ज्यान गएको छ।
गएराति भएको आगलागीमा मल्लको गोठ जलेर पूर्ण रुपमा नष्ट भएको छ। आगलागी भएको ठाउँमा पछि हेर्दा गोठधनी मल्लको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
आगलागी हुँदा गोठ क्षति हुनुका साथै झण्डै चार लाख रुपैयाँ बराबरको क्षति भएको छ।