काठमाडौं– सगरमाथा साहित्य प्रतिष्ठानले ११औँ स्थापना दिवस मनाएको छ ।
काठमाडौं आयोजित एक समारोहकाबीच वि।सं। २०६९ सालमा ‘नेपाली भाषा साहित्यको संरक्षण, संवर्द्धन र विकासका लागि हाम्रो अभियान’ भन्ने मूल नाराका साथ युएईमा कार्यरत युवा साहित्यकर्मीहरूद्वारा स्थापना भएको यस प्रतिष्ठानले स्थापना दिवस मनाएको हो ।
कविन्द्र कलानिधी दाहालको प्रमुख आतिथ्ययतामा साहित्यकार हरिभक्त सिग्देलरहातेमालो समाजका अध्यक्ष सुनिल अधिकारी एवं साहित्यकार मिना श्रेष्ठको विशेष आतिथ्य तथा संस्थाका प्रवक्ता राजेशराज गड्तौलाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा तीन जना स्रष्टाहरूलाई सम्मान गरिएको छ ।
सम्मान गरिने स्रष्टाहरूमा झापाका विवेक दुलाल क्षेत्री ‘दमक’ लाई ‘सगरमाथा स्रष्टा सम्मान – २०८१’ र चितवनकी यमुना न्यौपाने अधिकारी तथा कञ्चनपुरका रमेश पन्त मीतबन्धुलाई ‘सगरमाथा वर्ष पुरस्कार’ नगद १०५०५’ बाट सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाबाट प्रकाशित कविता संग्रह ‘कविताहरूको सगरमाथा २’ को विमोचन हुनुका साथै ‘सगरमाथा अक्षयकोष’ का लागि संस्थालाई सहयोग गर्नुहुने दाताहरू नुवाकोटकी सुमित्रा सुमी, ललितपुरकि चन्द्राकुमारी राई, भक्तपुरका दीपक दाहाल एवं मकवानपुरका कपिल ढुङ्गानालाई संस्थाको आजीवन सदस्यतासहित सम्मान पत्र प्रदान गरिएको थियो ।