ऐतिहासिक कमलपोखरीको दस्तावेज पुग्यो अन्तर्राष्ट्रिय निकायमा, नातागोता हाइप्रोफाइल पोसेर पोखरी माँसेर छायाँ सेन्टर कम्प्लेक्स बनाउने पाँडे तनावमा

50.2k Shares

नेपालको बैंकिङ क्षेत्रमा नाम चलेका व्यक्ति हुन् पृथ्वीबहादुर पाँडे । उनको पूर्खाको राष्ट्रका खातिर ठूलै योगदान छ । तर, उनले भने पैसाका लागि सार्वजनिक पोखरी पनि छाडेनन् । जान्दा जान्दै बुझ्दा बुझ्दै ठमेलस्थित कमलपोखरीमा हात हाले । पोखरी हत्याउन विभिन्न हतकण्डा अपनाए । आफ्ना हाइप्रोफाइल नातागोताको समेत साथ लिएर शेयर दिलाए । देशको पुरातात्विक धरोहर नै सखाप पारेर शक्तिको आँडमा पाँडेले छायाँ कम्प्लेक्स त ठडाए तर कुनै हालतमा त्यहाँको ऐतिहासिक पोखरीसम्बन्धी दस्तावेज मेट्न पाएनन् ।

पाँडेकै निर्देशनमा एउटा समूह नै पोखरीबारे ऐतिहासिक दस्तावेज मेटाउन सक्रिय रह्यो । कानून व्यवसायी भनिएका त्यस्ता व्यक्तिहरु गुठी संस्थान र पुरातत्व विभागसम्म पुगेर प्रमाण मेटाउन खटिए । तर, त्यो असफल भयो । दस्तावेज पहिल्यै सुरक्षित राख्न सम्पदा अभियन्ता खटिए । सुरक्षा निकाय, प्रशासन, अदालत, पुरातत्व विभाग देखि काठमाडौं महानगरपालिकाका पदाधिकारीलाई समेत प्रभावमा पारेर पाण्डेले छायाँ सेन्टर ठड्याए । तर, अहिले त्यसबारे दस्तावेज अन्तर्राष्ट्रिय निकायसम्म पुगेपछि समस्यामा परेका छन् ।

संसदमा नेमकिपा सांसद प्रेम सुवालले यसबारे बोल्दै आएका छन् । विगतमा यसबारे बोल्ने कतिपयलाई पाण्डेले प्रभावमा पारेपनि सुवाललाई सकेनन् । संसदमा रेकर्डेड भएपछि अदालत पनि अप्ठ्यारोमा छ । छायाँ सेन्टरको पक्षमा कुनै हालतमा फैसला गर्न नमिल्ने भएपछि सुनुवाई पछि सारिएको छ । सुनुवाई पछि सार्न पनि पाण्डेले मोटो रकम खर्च गर्ने गरेको चर्चा अदालतमा छ ।

पाँडेले छायाँ सेन्टरमा आइपीओ खोलेर सर्वसाधारणलाई डुबाउन खोजेका छन् । यसबाट आफ्नो लगानी निकाल्न खोजेका छन् । तर, आइपीओ खोल्न नमिल्ने अवस्था छ । किनकि यो मुद्या अदालतमा विचाराधीन छ । पाँडेले शेयर क कस्लाई दिए भन्नेबारे पनि रोचक विषय छ । जस्ले शेयर पाए ती उनका आफन्त या शक्तिशाली व्यक्तिहरु नै हुन् । कसैलाई उपहारका रुपमा पनि शेयर दिलाएका छन् ।

छायाँ सेन्टरका नाममा बनेको कम्प्लेक्समा शेयरधनीमध्य व्यापारिक घराना पाँडे परिवारका सदस्यहरु र नातागोताको संख्या उल्लेख्य छ । कम्पनि रजिष्ट्रार कार्यालयबाट प्राप्त नामावली र लगानी रकम अनुसार पृथ्वी बहादुर पाँडेको ७ करोड ७८ लाख ३४ हजार ६ सय लगानी देखिन्छ । दिपकमान शेरचनको ४ करोड ७३ लाख ७१ हजार, महेश्वर प्रकाश श्रेष्ठको ३ करोड ३० लाख ५५ हजार, सिद्धान्तराज पाण्डेयको ३३ लाख ७० हजार, योगेन्द्रबहादुर शाक्यको ९४ लाख एक सय, विकाश थापाको ८३ लाख ५५ हजार, प्रजन्य राजभण्डारीको २ करोड ५० लाख ६७ हजार, सिद्धान्त बहादुर पाँडेको १९ लाख ७२ हजार, राजधानी इन्भेष्टमेन्ट फण्ड प्रा.लि. को २ करोड २४ लाख ४ हजार देखिन्छ ।

यसैगरी, सुरेश लाल श्रेष्ठको ५२ लाख, ज्ञानेन्द्र खनालको १ करोड, सिताराम महासेठको १ करोड, हिमालयन इन्फ्रास्ट्रकचर फण्ड लिंको ३ करोड ४८ लाख, महेन्द्रलाल प्रधानको २ करोड ६७ लाख ३८ हजार, रवीन्द्र राजभण्डारीको ५० लाख, महेश खनालको ५० लाख, दिक्षान्त दाहालको ६७ लाख ५० हजार, आशिष पौड्यालको ४० लाख, योगेश भण्डारीको १ करोड १५ लाख, सुमन विक्रम पाण्डेको २ करोड, अनु पाण्डे पन्तको ७८ लाख, नेमेन्द्र जंग थापाको १ करोड, मिजास भट्टचनको ३ करोड ५४ लाख १९ हजार ८ सय, किरण मान शेरचनको ६८ लाख २ हजार, मनोहर प्रसाद शेरचनको १ करोड ६० लाख ४३ हजार, शान्त बहादुर मल्लको ९४ लाख १ सय, ध्रवनारायण श्रेष्ठको ६२ लाख ६६ हजार ८ सय, प्रयुष राजभण्डारीको ५० लाख, प्रणय राजभण्डारीको ५० लाख, उर्मिला पाँडेको ७१ लाख ५० हजार, पि.एम.एफ इन्भेष्टमेन्ट प्रा.लि.को ४८ लाख लगानी रहेको उल्लेख छ ।

यतिसम्मकी पूर्व प्रधानसेनापति प्रज्ववल शमशेर जबरा र उनकी पत्नी सिन्धु राणाको २५—२५ लाख रहेको छ । यो उनीहरुले गोल्डेन शेयर पाएको बुझिएको छ । स्याकार ट्रडिङ कम्पनि प्रा.लि.को ३ करोड ५० लाख, रेखा घिमिरेको ३ करोड १० लाख, इन्दु शर्माको ९ लाख, प्रज्वल भण्डारीको ८५ लाख, प्रतिमा पाँडेको १ करोड २२ लाख ४४ हजार ४ सय, निर्मल प्रधानको ६ करोड ५० लाख, लक्ष्मी शाक्यको १० लाख, प्रेम शेभा तुलाधरको ४० लाख, रक्षक महतको ५० लाख र पारुल पाँडेको ८ लाख ७७ हजार २ सय लगानी उल्लेख छ ।

सम्बन्धित समाचार