'यो पेशा रोजेर मलाई गल्ती होइन गर्व नै लाग्छ' - अरबिन्द कुमार सिंह, सञ्चालक KIEA

21.7k Shares

अरबिन्द कुमार सिंह । काठमाण्डु इन्टरनेशनल एजुकेशनल एशोसियट्स (KIEA) का संचालक तथा निर्देशक हुन् । विगत १४ बर्षदेखि  क्यारियर काउन्सिलिङ क्षेत्रमा परामर्श दिँदै आइरहेका सिंह स्नातक उत्तीर्ण हुन् भने टीआइटीआई तथा एम.ओ.ई. नेपालबाट काउन्सिलर ट्रेनिङ लिनुका साथै विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुबाट पनि काउन्सिलिङ ट्रेनिङ लिइसकेका एक अनुभवी व्यक्तित्व हुन्। 
सन् २००९ बाट स्थापना भएको kIEA ले स्थापनाकादेखिनै भारत तथा बंगलादेशमा लक्षित भएर कार्य संचालन गर्दै आइहेको छ । पछि विद्यार्थीहरुको माग अनुरुप र समयको आवश्यकता अनुसार अष्ट्रेलिया, क्यानाडा, अमेरिका, वेलायतको लागि परामर्श सेवा पनि दिँदै आइरहेको छ ।
उही सिंहले कन्सल्टेन्सीमा गरेका लगानी र आफुले आर्जेका बर्षौको अनुभवहरू हाम्रा खोजतलास पत्रिकाका संबाददाता समक्ष पोखेका छन ।

विदेश अध्ययन जाँदा के-के कुरामा ध्यान दिने ?
- सर्वप्रथम विद्यार्थीले आफु पढ्न चाहने विषय र गन्तव्य प्रष्ट्याउन सक्नुपर्छ । त्यसपछि आफुले पढ्न चाहने कोर्स र इन्स्टिच्युट वा कलेजको बारेमा राम्ररी बुझ्नु आवश्यकता छ । यस्मा Explore, Decide र Proceed ले ठूलाे भूमिका खेल्ने गर्दछ ।
Explore : Destination/Course/Institution/Course Equivalent/Institutional Approval/Course Outcoming का बारेमा केन्द्रित भएर गर्नुपर्छ ।
Decide : Exploration गरिसकेपछि कुन देश, कुन इन्स्टिच्युट र के कोर्स पढ्ने हो निर्णय गर्नुपर्दछ ।
Proceed : अनि बल्ल प्रक्रियाहरु अगाडी बढाउनुपर्ने हुन्छ । त्यसका लागि एप्लिकेसन गर्ने, अफर प्राप्त गर्ने अनि नेपाल सरकारको एनओसी प्राप्त गर्ने प्रक्रिया पुर्याई एनओसी प्राप्त गर्ने । College/Institution  को Docuementation पुरा गर्ने, Fee पठाउने तथा भिसा सम्बन्धि प्रक्रियाहरुलाई विद्यार्थीले पुरा गर्नुपर्ने हुन्छ । भाषाको कुरा गर्दा जुन देश जान चाहने हो त्याे देशको आवश्यकता अनुरुप IELTS/PTE या सम्बन्धित देशको भाषाको जाँच दिनु पर्दछ । 
KIEA काे दृष्टिकोण तथा भूमिका :
- सबैभन्दा पहिला त के बुझ्न जरुरी छ भने यो शैक्षिक परामर्श पेशा विदेश पलायन गराउने पेशा होइन । यहाँ हामीले विद्यार्थीहरुलाई कुन विषय पढ्ने ? कहाँ पढ्दा कस्तो हुन्छ ? भविष्यमा यसले कस्तो किसिमको रोजगारी प्रदान गर्न सक्छ ? आदीइत्यादी विषयमा केन्द्रित भएर परामर्श दिन्छौँ । यसले उनीहरुको भविष्य सुन्दर र सहज बनाउन सहयोग पुर्याउँदछ । त्यसैले यो पेशा रोजेर मलाई गल्ती होइन गर्व नै लाग्छ ।

-ललितपुरमा भएका ECANIAN साथीहरु व्यवहारिक, सैद्धान्तिक र विद्यार्थीहरुलाई उनीहरुको Career Interest लाई बुझेर परामर्श दिने सक्षम भएकोले विद्यार्थीका अभिभावकहरुले ललितपुरका Consultancy हरुबाट परामर्श लिन आग्रह गर्दछु । र जहाँसम्म KIEA को भिन्नताको कुरा गर्दा KIEA ले स्थापनाकालदेखिनै विद्यार्थीहरुको क्यारियरलाई ध्यानमा राखेर परामर्श दिँदै आइरहेको छ । KIEA ले दक्ष तथा अनुभवी counseler बाट सत्यतथ्य परामर्श दिने गर्दछ ।  

- विभिन्न Institution हरुमा समन्वय गरेर जेहेन्दार विद्यार्थीहरुलाई Scholarship प्राप्त गर्न पनि सघाउँदछौँ ।

- त्यसैले Unbiased, Accurate शैक्षिक परामर्श counseling तथा Friendly Study Environment मा विभिन्न Test Preparation का लागि KIEA लाई सम्झन अनुरोध पनि गर्दछु । हामी गन्तव्य देशहरूका Mutli-Cultural Environment, Quality Education तथा Tuition fee Protection Schemes तथा Part Time Work Oportunity हरुकाे बारेमा राम्राेसँग बुझाउने काम गर्दछाैँ ।

- अन्तिममा Career Oriented परामर्श दिने Consultancy रोज्न पर्दछ न कि मीठो चिप्लो कुरा गर्ने जिल्लामा सजिएका Consultancy हरुमा । Documentation गर्दा आफ्नो Genuine Document हरुको आधारमा प्रक्रिया अगाडी बढाउनु पर्दछ । KIEA सदैब यहाँहरुलाई Genuine, Transparent, Accurate counseling दिने प्रतिबद्धता जाहेर गर्दछ ।

IMG-20231005-WA0003.jpgIMG-20231005-WA0002.jpgIMG-20231005-WA0001.jpgIMG-20231005-WA0000.jpg

ar6.jpgar5.jpgar4.jpgar3.jpgar2.jpgar1.jpg

सम्बन्धित समाचार