फास्टट्रयाकको प्याकेज–२ को टेन्डर रद्द गर्न सेनालाई लेखा समितिको निर्देशन

17.1k Shares

काठमाडौं । लेखा समितिले फास्टट्रयाक (द्रुतमार्ग)को पुल र टनेल अन्तरगतको प्याकेज–२ को टेन्डर रद्द गरी पुनः नयाँ प्रक्रिया सुरु गर्न नेपाली सेनालाई निर्देशन दिएको छ ।
समितिको आज बसेको बैठकले पूर्वमूल्यांकन छनोटमा परेको एउटा कम्पनीलाई विना प्रतिस्पर्धा टेन्डर दिँदा आर्थिक चलखेल हुन सक्ने आशंका गर्दै पूर्वमूल्यांकन छनोट प्रक्रिया नै पुनः सुरु गर्न निर्देशन दिएको हो ।
सेनाले द्रुतमार्गअन्तर्गतको पुल र सुरुङ निर्माणको दुईवटा प्याकेजमध्ये पूर्व याेग्यता मूल्यांकनमा दुइवटा कम्पनी छनाेट भएकाे प्याकेज–१काे टेन्डर प्रक्रिया अगाडि बढाउन भने नरोक्ने निर्णय सार्वजनिक लेखा समितिले गरेको छ । 

सम्बन्धित समाचार