घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

16.4k Shares

काठमाडौ, २२ साउन । नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार नेपाली बजारमा सुनको मूल्य घटेको जनाएको छ । महासंघले  आइतबारको तुलनामा सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर कारोबारमा आएको जनाएको हो ।


मूल्य घटेसँगै साेमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ८५० रुपैयाँ कायम छ । आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।


यस्तै, साेमबार चाँदीको मूल्य भने स्थिर छ । यससँगै, चाँदी विगत ४ दिनदेखि स्थिर कायम छ । चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँ कायम छ ।

सम्बन्धित समाचार