18.8k
Shares
काठमाडौं, ७ असोज । इलाम माई नगरपालिका-४ लखनचोकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४.०८ मिलिग्रामसहित सोही नगरपालिका-४ शुक्रबारेबजार बस्ने २४ वर्षीय चिरञ्जिवी बस्नेतलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी दानाबरीबाट खटिएको प्रहरीले शंकास्पद रुपले हिडिँरहेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।