ललितपुर । शैक्षिक रुपान्तरणलाई जोड दिँदै आइरहेको ललितपुर लगनखेल अवस्थित एम्स इन्टरनेशलन कलेजले भाद्र ३० गते शनिबारको अवसर पारी 'शिक्षक सम्मान, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम-२०८०' भव्यताका साथ सम्पन्न गरेको छ । डिलाइट पार्टी भेन्यू, महालक्ष्मीस्थानमा आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथीका रुपमा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वमन्त्री पम्फा भुसाल उपस्थित हुनुहुन्थ्यो भने कार्यक्रमको सभापतित्व एम्स इन्टरनेशलन कलेजका क्याम्पस प्रमुख/प्राचार्य साथै प्याब्सनका उपाध्यक्ष टुकराम ढकालले गर्नुभएको थियो ।
त्यस्तै विशेष अतिथीका रुपमा ल.पु.म.पा. वडा नं. २१ वडा अध्यक्ष रबिन्द्र महर्जन सहभागी हुनुहुन्थ्यो भने कार्यक्रमको स्वागत मन्तव्य कलेजका संयोजक सुनिल महर्जले गर्नुभएको थियो ।
आयोजित कार्यक्रममा विद्यावारिधी उपाधि प्राप्त गर्नुभएका एम्स कलेजका आदणीय शिक्षक सिद्धार्थ ढुंगाना र दिपक ब. अधिकारीलाई पूर्वमन्त्री भुसालले कदर पत्र सहित सम्मान गर्नुभएको थियो । साथै बि.एस.डब्लू. संकायमा २०७८ को टी.यू. परिक्षाफल एम्स कलेजबाट गराउन सफल आदणीय शिक्षक चिरञ्जीबी पोखरेल, केशब प्रसाईँ र बी.बी.एस. तर्फ बिष्णु कडेल, शिक्षक राजु शाही, अशोक घिमिरेलाई सम्मानित गरियो ।
साथै, १० बर्ष दिर्घ सेवा प्रदान गर्नुहुने शिक्षक कुमार भट्टराईलाई कदरपत्रसहित नगद रुपैया दश हजारद्धारा सम्मान प्रदान गरिएको थियो । सन् २०१८ को टी.यू. परिक्षाफल अनुसार कलेजको विशिष्ट श्रेणीमा पास गर्न सफल सबिन कुमार बोहोरा (बी.बी.एस) र हसिना महर्जन (बी.एस.डब्लू) लाई पनि सम्मान गरियो ।
त्यस्तै, कार्यक्रमको मुख्य आकर्षणको रुपमा कलेजको शैक्षिक, प्रशासनिक, खेलकूद र विभिन्न कार्यक्रममा सघाउ पुर्याउँदै आउनुभएका शिक्षक राजु शाहीलाई २५ किलाे नगद पुरस्कार सहित कदर पत्रद्धारा सम्मान गरिएको थियो । साथै कार्यक्रममा विभिन्न विधामा सर्वोकृष्ट विद्यार्थीहरुलाई पुरस्कार सहित उचित सम्मान प्रदान गरियो ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न विधामा आफ्नो नृत्य, गायन र झाँकीहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा एम्स कलेजका पूर्व विद्यार्थी तथा गायिका अस्मिता केसीले आफ्नो गायन कलाबाट उपस्थित सबैलाई मन्त्रमुग्ध पारेका थिए भने पूर्व विद्यार्थीहरुको समूह 'सिकाली बैण्ड'ले सबैलाई आफ्नो प्रतिभाबाट लठ्याउन सफल भएका थिए ।






















