रामबाबु गुरुङ निर्देशीत फिल्म ‘डिग्री माइला’ काे शुभमुहूर्त

16.5k Shares

काठमाडौँ । रामबाबु गुरुङको निर्देशन रहने फिल्म  ‘डिग्री माइला: एमए थर्ड क्लास’को शुभ–मुहूर्त गरिएको छ । शनिबार कलाकार तथा प्राबिधिकको उपस्थितीमा नक्साल भगवती मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै फिल्मको मुहूर्त गरिएको हो ।

मुहूर्त दयाहाङ राई, आँचल शर्मा, विजय बराल, माओत्से गुरुङलगायत कलाकारको उपस्थित थिए ।  अगामी शुक्रबारबाट ओखलढुङ्गादेखि फिल्मको छायाङ्कन हुनेछ ।  शैक्षिक बेरोजगारीले युवाहरुमा ल्याएको निराशामा आधारित भएर फिल्म बन्नेछ । फिल्मको प्रदर्शन मिति भने नयाँ वर्ष (२०८१) बताइएको छ ।

सम्बन्धित समाचार