एभरेष्ट बैंकले लाभांश घोषणा गर्यो

20.6k Shares

काठमाडौं । एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट शेयरधनीलाई २०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । भदौ २७ गते बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १० प्रतिशत बोनस र १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

 प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरी बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । बैंकले आर्थिक वर्ष २०७८/७९मा बैंकले शेयरधनीहरुलाई १३ प्रतिशत बोनस शेयर र ७.६८ प्रतिशत नगद गरी कूल २०.६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

सम्बन्धित समाचार