प्रदेश संरचना खारेज गर्नुपर्छ: अध्यक्ष केसी

15.5k Shares

काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश संरचना खारेज गर्नुपर्ने बताएका छन्। संघिय प्रणाली असाध्यै खर्चिलो भएको केसीको भनाइ छ। 

मंगलबार बुटवलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष केसीले संघीय प्रणाली असाध्यै खर्चिलो भएको र संघीय प्रणाली बोक्नुमा नेताहरुमात्रै नभइ नेपाली जनता पनि उत्तिकै दोषी रहेको बताए। 

संघीयताका कारणले ८८४ जना सांसद र १३८ जना मन्त्रीहरु पाल्नुपरेको केसीको भनाइ छ। सरकारले सेना, प्रहरीको तलब र वृद्धभत्ता दिन नसक्ने भनिरहेको बेलामा यति धेरै सांसद र मन्त्रीहरुलाई कसरी पाल्न सक्नछ? भन्दै केसीले प्रश्न तेर्स्याएका छन्। 

सम्बन्धित समाचार