19.1k
Shares
काठमाडौँ । स्याङ्जा र रुपन्देहीमा दुई जना मृतावस्थामा फेला परेका छन् । स्याङ्जाको धिखोला गाउँपालिका-१ निउरीखोला बस्ने ५८ वर्षीय ससे विक सोही गाउँपालिका १ चिप्लेटीस्थित सडकको कुनामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी रुपन्देही, कञ्चन गाउँपालिका १ कञ्चन खोलामा हाल नाम, थर, वतन नखुलेकी ४० वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।