नेम्वाङको निधनप्रति नेपालद्वारा दु:ख व्यक्त

16.1k Shares

काठमाडौं– संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दु:ख व्यक्त गरेका छन्। नेम्वाङको निधनको खबरपछि नेपाल त्रिवि शिक्षण अस्पताल नै पुगेका थिए। 

मंगलबार बिहान महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर अध्यक्ष नेपालले स्व नेम्वाङको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेका हुन्।   

काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि नेम्वाङलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो। उनको राति साढे १ बजे निधन भएको एमालेका प्रतिनिधि सभाका सचेतक महेश बर्तौलाले जानकारी दिए।

निधन भएका नेम्वाङ एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता हुन्। २०५१ मा राज्यमन्त्री र मन्त्री बनेका उनी दुवै संविधान सभाका अध्यक्ष पनि हुन्। २०४८ मा राष्ट्रिय सभा सदस्य भइ संसदीय यात्रा सुरु गरेका उनी २०५६ देखि २०७९ सम्मका सबै प्रतिनिधि सभा/संविधान सभा निर्वाचनमा विजयी भएका थिए।

सम्बन्धित समाचार