ठेचोका तिन दर्जन कम्युनिष्ट नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश 

16k Shares

ललितपुर । कम्युनिष्टबाट वाक्क दिक्क भएर देशैभरि नेपाली कांग्रेस पार्टी प्रवेश गर्नेको लर्को पछिल्लो समयमा ह्वात्तै बढेर गएको छ । 
सोही क्रममा ललितपुरको गोदावरी नगरपालिका वडा नं. १२ ठेचोमा नयाँ क्रियाशिल सदस्यता वितरणको अवसर पारेर एमाले, माओवादीलगायतका झण्डै तिन दर्जन नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
पछिल्लो समय कम्युनिष्टहरुले नेता तथा कार्यकर्ताहरुलाई चुनावताका दिएको आश्वासन र आफू सत्तामा पुगेपछि आफ्नै घर भत्काउने काम गरेको भन्दै कम्युनिष्ट पार्टीले देशको निकास दिन नसक्ने जनतालाई दुःख मात्रै दिएको भन्दै नेपाली कांग्रेसमा प्रवेश गरेको ठेचो पूर्व एमाले इकाई उपाध्यक्ष बच्चुराम बस्नेतले पार्टी प्रवेशको क्रममा बताएका छन् ।
पार्टी प्रवेशमा ठेचो इकाई पूर्व एमाले उपाध्यक्ष बच्चुराम बस्नेत लगायत प्रशन्न दानी, श्याम केसी, प्रल्हाद कुवर, शिवराम कुवर, अच्युत केसी, दामोदर सापकोटा, मनोज महर्जन, उमेश केसी, सरोज सापकोटा, रामकुमार केसी, महेश्वर केसी, रामप्रसाद न्यौपाने, रिता केसी, रमिता बस्नेत, सुदन बस्नेत, रवि न्यौपाने, सञ्जीव बैजु, उत्तम रायमझी, निरन रायमाझी, रञ्जीत कुवर, सरोज न्यौपाने, सुनिता खड्का (दानी), सोमप्रसाद घिमिरे, लव केसी, श्यामु सापकोटा, एशोधा कुवर, रिवन महर्जन, प्रकाश महर्जन, राम महर्जन, बुद्ध महर्जनलगायत विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । 
नेपाली कांग्रेस पार्टीमा प्रवेश गर्ने नवप्रवेशीहरुलाई नयाँ क्रियाशिल वितरण कर्याक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका मेयर तथा क्षेत्र नं. ३ का सभापति गजेन्द्र महर्जनले खादा, ललितपु्र जिल्ला सदस्य चक्रम महर्जनले टिका र गोदावरी नगरपालिका वडा नं. १२ इकाई सभापति कवि बस्नेतले सदस्यता वितरण गरेका थिए ।  

सम्बन्धित समाचार