एमालेको महाधिवेशन मंसिर २ देखि ६ गतेसम्म

19.7k Shares
काठमाडौँ । नेकपा एमालेले पार्टीको दशौँ महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले महाधिवेशनको मिति तोकेको हो । माधव नेपाल समूहलाई खबर नै नगरिएको बैठकले महाधिवेशनको मिति तय गरेको हो ।
शुक्रबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले रामबहादुर थापा बादलसहित २३ जना माओवादी केन्द्रका नेतालाई एमालेको केन्द्रीय सदस्यमा मनोनित गर्दै केन्द्रीय कमिटी विस्तार गरेको छ ।
साथै माओवादी केन्द्रसँग एकता गर्दा मनोनित भएका ४२ जना पनि स्वतः केन्द्रीय सदस्य भएका छन् । योसँगै एमालेमा केन्द्रीय कमिटीको संख्या २६४ पुगेको छ ।
बैठकले विभागहरूको जिम्मेवारी पनि तोकेको छ । जसअनुसार स्कूल विभागको प्रमुखमा केपी शर्मा ओली, संगठन विभाग प्रमुखमा विष्णु पौडेल, प्रचार विभाग प्रमुखमा प्रदीप ज्ञवाली र संसदीय विभाग प्रमुखमा सुवास नेम्वाङ तथा विदेश विभाग प्रमुखमा राजन भट्टराईले जिम्मेवारी पाएका छन् ।  त्यस्तै बैठकले प्रदीप ज्ञवालीलाई प्रवक्तामा नियुक्त गरेको छ ।
सम्बन्धित समाचार