20k
Shares
पोखरा, १२ भदौ । जिल्ला प्रशासन कार्यालय कास्कीले तीजलाई लक्ष्य गर्दै तडकभडकपूर्ण कार्यक्रम नगर्न आग्रह गरेको छ। मंगलबार सूचना जारी गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले तीजमा परम्परा, सामाजिक रीतिरिवाजलाई निरन्तरता दिने तथा सम्वर्द्धन गर्ने बाहेकका कार्यक्रम नगर्न आग्रह गरेका हुन्।
हिन्दू महिलाको पर्व हरितालिका तीज यो वर्ष असोज १ गते परेको छ। तीज आउनु एक, डेढ महिनाअघि नै दरका नाममा भोजभतेर हुने गरेका छन्।
सूचना विपरीत गरे-गराएमा प्रचलित कानुन बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ।