सिन्धुपाल्चोकमा बाढी, हेलम्बु डुबानमा

21.3k Shares

काठमाडौँ, १२ भदौ । शनिबारदेखि भइरहेको अविरल वर्षाले सिन्धुपाल्चोकका विभिन्न स्थानमा क्षति पुर्याएको छ ।

भारी वर्षाका कारण नदीले ठाउँठाउँमा धार परिवर्तन गर्दा मेलम्चीमा नदी नियन्त्रण तथा क्षति न्यूनीकरणका लागि गरिएका प्रयास असफल भएका छन्।

गएरातिदेखिको वर्षाले मेलम्ची नदीमा आएको बाढी। बाढीले मेलम्चीहेलम्बु सडकअन्तर्गत मेलम्ची ११ मा सडक अवरुद्ध भएको छ। तस्बिर : देवराज सुवेदी/रासस

गएरातिदेखिको वर्षाले मेलम्ची नदीमा आएको बाढी। बाढीले मेलम्चीहेलम्बु सडकअन्तर्गत मेलम्ची ११ मा सडक अवरुद्ध भएको छ। तस्बिर : देवराज सुवेदी/रासस

बाढीले मेलम्ची, हेलम्बु, पाँचपोखरीलगायतका गाउँगाउँका सडक बन्द भएका छन्। अहिले हेलम्बुको खेतका फाँटबाट नदी बगिरहेको भने ठाउँठाउँमा सडकैसडक खोला बगिरहेको छ।

यसले गर्दा यातायातका साधन बाटोमै अलपत्र परेका छन् नजिकिएको तीजका कारण माइत हिँडेका चेली अन्य सर्वसाधारण भरिभराउ यातायातका साधन बीच बाटोमै रोकिएका छन्। मेलम्चीको सिमखेत, हेलम्बुका विभिन्न स्थान, पाँचपाखेरीका राम्चे, भोताङ गुन्सालगायतका बाटो अहिले बन्द भएका छन्।

गएरातिदेखिको वर्षाले मेलम्ची११ सिमखेतमा क्षति गरेको सडक। अहिले मेलम्ची, हेलम्बु पाँचपोखरीमा यातायात अवरुद्ध भएको छ। तस्बिर : देवराज सुवेदी/रासस

गएरातिदेखिको वर्षाले मेलम्ची११

सम्बन्धित समाचार