17.7k
Shares
काठमाडौं। ट्राफिक प्रहरीले भक्तपुरको जगातीमा लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउँदै गरेका तीन जना चालकलाई नियन्त्रणमा लिएको छ।
प्रहरीले प्रदेश २–०३–००१ज ०१४७ नम्बरको विंगर चालक २८ वर्षीय जनक भुजेल, बा४ख ८०७५ नम्बरको मिनीबस चालक ३८ वर्षीय प्रभाषकुमार झा र ना५ख ९१५९ नम्बरको कन्टेनर चालक ४२ वर्षीय सन्तोष भण्डारीलाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिएका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका का लागि प्रहरी वृत्त जगाती पठाइएको छ।