नायक पल शाहलाई छलफलका लागि प्रहरीले बोलायो

17.3k Shares

विराटनगर । नेपाली सिनेमाका नायक पल शाहको म्युजिक भिडियोका क्रममा उनीविरुद्ध  प्रहरीमा उजुरी परेको छ । सुनसरीको धरानमा विवाद र हात हालाहाल भएको घटनाको सम्बन्धमा प्रहरीले शुक्रबार दुबै पक्षलाई छलफल गर्न प्रहरी कार्यालय बोलाएको छ ।
शाहका सेक्रेटरी कृष्णप्रसाद जोशीले अर्का कलाकार अरुण प्रधानलाई दुव्र्यवहार र हातपात गरेको आरोपमा नायक शाह र जोशीविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी परेको हो । 
धरान १० मा अवस्थित ज्वाईं खाना घरमा चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष प्रधानले निमन्त्रणा गरेको तर शाहले आउन नमानेपछि फेसबुकमा राखेको स्टाटसबाट हटाउनेभन्दा विवाद परेको बताइएको छ । प्रधानले स्टाटस डिलिट गर्ने जानकारी गराए पनि त्यही विषयमा विवाद गरी शाहका सेक्रेटरीले आफूलाई मुक्का प्रहार गरेको प्रधानको भनाइ छ । 
बुधबार रातिको घटनाको सम्बन्धमा बिहीबार प्रहरीमा उजुरी परेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिएका छन् । यस विषयमा प्रहरीले आज दिउँसो १ बजे छलफल गराउने उनले बताए । 
प्रधानले शाहको म्युजिक भिडियोको निर्देशक आफ्नो साथी भएकोले छाँयाकनको लागि सबै सहयोग गरेको दाबी गरेका छन् ।  “सामान्य कुरालाई लिएर युवा जम्मा गरेर ममाथि दुव्र्यवहार भयो,” उनले भने । 

सम्बन्धित समाचार