युवा संघ सुदूरपश्चिमको अधिवेशन असोज ३ र ४ गते

14.6k Shares

धनगढी, ५ भदौ । राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेशको पहिलो अधिवेशन अगामी असोजमा हुने भएको छ।

मंगलबार धनगढीमा सम्पन्न भएको राष्ट्रिय युवा संघको प्रदेशको चौँथो बैठकले असोज ३ र ४ गते अधिवेशन गर्ने निर्णय गरेको हो। अधिवेशनले युवा संघको नयाँ नेतृत्व चयन गर्नेछ। अहिले मल्लको संयोजकत्वमा आयोजक कमिटि रहेको छ।

राष्ट्रिय युवा संघका केन्द्रीय इन्चार्ज महेश बस्नेतको प्रमुख आथित्यतामा बसेको बैठकमा केन्द्रीय अध्यक्ष क्षितिज थेवे विशिष्ट अतिथि रहेका थिए।

बैठकलाई सम्बोधन गर्दै केन्द्रीय इन्चार्ज बस्नेतले एमालेमा अध्यक्ष केपी ओली बाहेकको विकल्प नभएको बताएका छन्।

पार्टीलाई बलियो बनाउन एकताबद्ध भएर लाग्न समेत बस्नेतले निर्देशन दिएका छन्।

 

सम्बन्धित समाचार