मंगलबारसम्मका लागि संसद बैठक स्थगित

21.1k Shares

काठमाडौं, ३भदौ । आइतबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ । सदनको अवरोध खुलाउने विषयमा दलीय सहमति जुट्न नसक्दा १० साउनदेखि बैठक स्थगित हुँदै आएको छ । 


आइतबार बसेको सर्वदलीय बैठकमा पनि सहमति नजुटेपछि आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अपरान्ह करिब ३ बजेतिर सूचना निकालेर मंगलबार अपरान्ह ३ बजे बस्नेगरी स्थगित गरिएको छ । 


सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै १० साउनदेखि प्रमुख प्रतिपक्षी एमाालेले सदन अवरुद्ध गर्दै आएको छ । 
 

सम्बन्धित समाचार