विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु

14.7k Shares

काठमाडौं ।  देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । काठमाडौँ, मोरङ र रुपन्देहीमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको हो । 

शुक्रबार काठमाडौं महानगरपालिका–३२ कोटेश्वनरस्थित सडकमा बा.१७ च ९६९ नम्बरको हात्ती गाडीको ठक्करबाट पैदलयात्री कास्की घर भई काठमाडौं कोटेश्वर बस्ने ७६ वर्षीय पदम नाथ त्रिपाठीको मृत्यु भएको छ । त्यस्तै शुक्रबार उर्लाबारी नगरपालिका–३ सोल्टी पुलमा को १३ प ६१३० नम्बरको मोटरसाइकल मे १ ख २४२३ नम्बरको बसमा ठक्कर खाई दुर्घटना हुँदा चालक झापा कमल गाउँपालिका–१ बस्ने ४३ वर्षीय गोपाल प्रसाद पौडेलको मृत्यु भएको हो ।

रूपन्देहीमा पनि स्कुटर दुर्घटनामा परेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको तिलोत्तमा नगरपालिका–५ मणिग्रामस्थित सडकमा शुक्रबार राति लु ७६ प ७२११ नम्बरको मोटरसाइकल र लु ७५ प ६९२० नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटर चालक ५४ वर्षीय नबिन श्रीषको मृत्यु भएको हो।

सम्बन्धित समाचार