सूर्यविनायकका विद्यालय दुई दिन बन्द रहने

19.6k Shares

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकाले बिहीबार र शुक्रबार दुई दिन सबै विद्यालय बन्द गर्ने भएको छ।


आँखा पाक्ने रोगले विद्यार्थीलाई पठनपाठनमा समस्या भएको भन्दै ३ भदौसम्मको लागि विद्यालय बन्द गरेको नगरपालिकाले जनाएको हो।


हिउँदे बिदाबाट कट्टा हुनेगरी नगरपालिकाको सबै सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिएको नगरपालिकाले जनाएको छ।


यसअघि काठमाडौंको गोकर्णेश्वर नगरपालिका र भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले आँखा पाक्ने रोगको कारण सबै विद्यालय बन्द गरिसकेको छ।

सम्बन्धित समाचार