ललितपुर । नवनियुक्त युवा तथा खेलकुद मन्त्री माननीय दावा तामाङलाई नेपाल तेक्वान्दो संघले सातदोबाटोस्थित आफ्नै केन्द्रीय कार्यालयमा स्वागत तथा बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको छ ।
नव नियुक्त मन्त्री लामाको शुभकामना तथा बधाई कार्यक्रमको अध्यक्षता नेपाल तेक्वान्दो संघका उपाध्यक्ष तथा सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले गरेका थिए । 
कार्यक्रममा स्वागत मन्तव्य राख्दै उपाध्यक्ष महर्जनले संघको तर्फबाट मन्त्री तामाङलाई सफल कार्यकालका लागि शुभकामना पत्रसहित उपहार प्रदान गरेका थिए । सो अवसरमा शुभकामना ब्यक्त गर्दै संघका महासचिव दीपराज गुरुङले नेपालको तेक्वान्दो खेलको इतिहास, यसका उपलब्धि र गौरवपुर्ण सफलताका साथै संघको भावी योजना बारे चर्चा गर्नुभएको थियो भने मन्त्री लामाको सफल कार्यकालका लागि कामना गर्नुभएको थियो ।
त्यसैगरी, खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठले पनि मन्त्री तामाङलाई बधाई ज्ञापन गर्दै शुभकामना दिएका थिए ।
त्यसैगरी, मन्त्री तामाङले तेक्वान्दो खेलले गरेको उपलब्धि र सफलताको प्रसंशा गर्दै नेपाली समाजमा संघका उपाध्यक्ष भरत महर्जन जस्तै मनकारी र समाज सेवि ब्यक्तिको सदैव उच्च सम्मान गरिनु पर्नेमा जोड दिएका थिए । नेपाली समाजमा अन्य भरत महर्जनको खोजी हुनुपर्ने आवश्यकता रहेको कुरा जानकारी गराएका थिए ।
तेक्वान्दो प्रशिक्षक हेमन्त डागीले सञ्चालन गरेको उक्त बधाई तथा शुभकामना कार्यक्रममा ओलम्पियन तेक्वान्दोका हस्तीका रुपमा रहेका दिपक विष्ट, प्रदेस तथा जिल्ला संघका पदाधिकारी, खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठ, तेक्वान्दोका १३औं सागका बिजेता खेलाडीहरुको उपस्थिति रहेकोे थियो । कार्यक्रममा धन्यवाद व्यक्त गर्दै उपाध्यक्ष नन्दु राइले कार्यक्रम को समापन गर्नुभएको थियोे ।